ताजा अपडेट »

टी–२० शृङ्खला : नेपाललाई केन्याले दियो बलियो लक्ष्य

आइतबार, १२ भदौ २०७९

काठमाडौं। टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो म्याचमा केन्याले नेपालाई १ सय रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय रन बनायो। उसका लागि राकेप पटेल र इरफान करिमले अर्धशतकीय पारी खेले।

पटेलले ४३ बलमा ५ चौका र ४ छक्काको मद्दतमा नटआउट ७३ रन बनाउँदा करिमले ४७ बलमा ४ चौका र २ छक्कासहित अविजित ५५ रनको योगदान दिए। कोलिन्स ओबुया १४ र सुखदीप सिंह ८ रनमा आउट भए। नेपालका लागि सोमापल कामी र आदिल आलमले १–१ विकेट लिए। पाँच म्याचको सिरिज एक–एकको बराबरीमा रहेको छ। पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो। दोस्रो म्याचमा केन्याले १८ रनको जित हात पारेको थियो। दुवै टिम तेस्रो म्याचमा विजयी हुँदै सिरिजमा अग्रता लिने लक्ष्यमा हुनेछन्।

नेपालले दोस्रो म्याच खराब ब्याटिङका कारण हारेको थियो। केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ४ रनमै अलआउट भएको थियो। नेपाल दोस्रो खेलमा गरेका कमजोरीहरू सच्याउँदै तेस्रो म्याचमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ। घरेलु टोली केन्या भने जितको लयलाई कायमै राख्न चाहन्छ। नेपालले आज दुई खेलाडी परिवर्तन गरेको छ। नेपालले आसिफ शेख र बासिर अहमदको ठाउँमा अर्जुन साउँद र शाहब आलमलाई खेलाएको छ। यससँगै अर्जुनले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन्।

टी–२० आईमा मौका पाउने साउँद ४३औं खेलाडी हुन् । मुम्बईमा जन्मेर उतैबाट क्रिकेट सिकेका १९ वर्षीय अर्जुन सिनियर टोलीबाट पहिलो खेल खेल्न पाएका हुन्। घरेलु प्रतियोगितामा सिनियर र उमेर समूहमा राम्रो प्रदर्शन गर्दै प्रभाव छाड्न सफल अर्जुनले केन्या भ्रमणलाई आफ्नो क्षमताको प्रदर्शन गर्ने प्लेटफर्मका रुपमा हेरेका छन् । तर, उनले यति छिटै राष्ट्रिय टिममा पर्छ भनेर सोचेका थिएनन् । सन् २००३ मा भारतको मुम्बइमा जन्मिएका अर्जुनले १० वर्षको उमेरबाट क्रिकेट खेल्न थालेका थिए । उनको परिवार भारतमै छन् । उनले मुम्बईबाट नै क्रिकेट सुरु गरे ।

नेपालको सम्भावित प्लेइङ–११ :

पवन सर्राफ, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अर्जुन साउँद (विकेटकिपर),आदिल आलम, करण केसी सोमपाल कामी शाहब आलम र सन्दीप लामिछाने (कप्तान)।