काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो यात्रा तय गरेको नेप्से ३३.३६ अंकले घटेर १९ सय ८९ को विन्दुमा पुगेको छ ।
आज दिनभर २ सय २४ कम्पनीका ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार रुपैयाँमा किनबेच भएको छ । आज म्युचुअल फण्ड समुहबाहेक अन्य सबै समुहको परिसुचक ओरालो लागेका छन् ।
प्रतिक्रिया