ताजा अपडेट »

देशरभर बदली : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आइतबार, १२ भदौ २०७९

काठमाण्डौं । हाल देशैभरिको मौसममा सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका  धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा सोमबार समेत भारी वर्षा हुने महाशाखाले जनाएको छ ।