ताजा अपडेट »

रुपन्देही बिकासको नमूना जिल्ला बन्ने छ : पूर्व अर्थमन्त्री पौडेल

शनिबार, ११ भदौ २०७९

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले रुपन्देही देशको नमूना जिल्ला बन्दै गएको दाबी बताएका छन् । रुपन्देहीले बिकासमा नयाँ नयाँ मानक स्थापना गर्दै गएको उनले बताए ।

शनिबार आयोजित बुटवलमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै पौेडेलले रुपन्देहीले बिकासको रोलमोडलको भूमिका खेल्ने बताए । जिल्ला विभिन्न ठूला आयोजनाहरु उद्घाटनको चरणमा प्रवेश गरेको बताउँदैउनले खुशी व्यक्त गरे । 'केही समयअघि  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो, आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन भएको छ । अब केही समयपछि प्रदर्शनी स्थलको उद्घाटन हुने छ, बुटवल-नारायणगढ सडकको उद्घाटन हुने छ ।'-पूर्व मन्त्री पौेलले भने यसैगरी ठूला-ठूला योजनाहरु उद्घाटन हुँदैजाने छन् ।

बिकास हेर्न र सिक्नका लागि रुपन्देहीमा हेर्न आउने अवस्था सिर्जना गर्ने उनले प्रतिवद्धता गरे । बिकासका आयोजनाहरुमा राजनीतिक स्वार्थभन्दा माथि उठेर लाग्न उनले आग्रह समेत गरे । यसैगरी लामो समयदेखि पूरा हुन नसकेको लुम्बिनी गुरुयोजनाको काम छिटो अगाडि बढ्नेमा विश्वास व्यक्त गरे । आफू मन्त्री हुँदा त्यका लागि आवश्यक बजेट तथा स्रोतको व्यवस्था गरेको बताउँदै उनले कार्यान्वयनका लागि सरकारलाई आग्रह गरे ।

यसैगरी गौतमबुद्ध बिमानस्थलमा समानान्तर पार्किङ स्थल र ट्रमिनल भवन निर्माणका लागि सम्बन्धित निकायलाई छिटो काम अघि बढाउन निर्देशन दिनका लागि सरकारसँगआग्रह गरे ।

निर्माण सम्पन्न सम्मेलन केन्द्र सञ्चालनका लागि नेपालमा अब हुने कुनै पनि अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्न पौडेलले प्रधानमन्त्री समक्ष आग्रह समेत गरे ।