ताजा अपडेट »

एमाले बैठक आज पनि, ओलीको प्रतिवदेनमाथि समूहगत छलफल हुँदै

शनिबार, ११ भदौ २०७९

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । 

शुक्रबारबाट ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइएको छ । आज साे प्रतिवेदनमाथि सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग–अलग समूहले छलफल गर्ने र सुझाव पेस गर्नेछन् ।

समूहगत छलफलपछि उठेका प्रश्नको अध्यक्ष ओलीले आजै जवाफ दिने कार्यक्रम रहेको छ । राजनीतिक प्रतिवेदन पारित भएसँगै केन्द्रीय कमिटी बैठक सम्पन्न हुनेछ ।