ताजा अपडेट »

भारतीय पर्यटकको रोजाइमा नरपानी

आइतबार, २२ मंसिर २०७६

मंसिर २२,

अर्घाखाँची । चारैतिर हरियाली डाँडा । सुन्दर बस्ती, जहा“ पर्यटक मनोरम दृश्य हरेर लोभिन्छन् । गर्मी छल्न मात्रै होइन, अरु बेला पनि भारतीय पर्यटकको लर्काे लागेको छ । धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा दर्शनका लागि आएका तीर्थालु त्यहा“बाट दुई कि.मि. दूूरीमा रहेको नरपानीमा गएर प्रसाद ग्रहण गर्ने र सुन्दर दृश्य हेर्न मन पराउ“छन् । नर्तनाञ्चल पहाडबाट हिमश्रंखला स्पष्ट देख्न सकिन्छ । त्यसैले पर्यटकको रुचि बढ्दो छ । गाडीबाट ओर्लने बित्तिकै भारतको सिद्धार्थनगरका अनिल महतोले नर्तनाञ्चल पर्वतको पहाड नियाले । आहा ! कति सुन्दर हरियाली पहाड भन्दै तस्बिर खिचे । भिडियो कल गरेर साथीलाई दृश्य देखाए । त्यसको केही घण्टापछि उनको साथी राजनाथ महतो नरपानी आउन गाडी रिजर्व गरेर हि“डे । चार घर घण्टामा नरपानी आएका उनी अनिलसित दुई दिन बसेर पहाडका दृश्य, हिमश्रंखला र धार्मिक स्थल घुमेर फर्के ।
आहा क्या सुन्दर रहेछ पहाड, म परिवार लिएर फेरी घुम्न आउ“छु, अनिलले भने । उनलाई लोभ्याएको मनमोहक दृश्य नै हो । पहाडको अग्लो डा“डामा सञ्चालन भएको नरपानी–सुपादेउराली रिसोर्टबाट चारैतिर पहाडी बस्ती, विभिन्न दृश्य देखेर उनी लोभ्भिए । करिब एक सय आफनै तस्बिर खिचे । हरियाली पर्वत, हिमाल र पहाडका बस्तीको मोवाइलमा भिडियो खिचे । भिडियो, फोटा सिद्धार्थनगरका साथीलाई देखाउने हो, उनले भने । नरपानीको दृश्यमा यति आनन्द लाग्यो कि भारतको नैनी ताल, मसुरी भन्दा धेरै राम्रो भएको उनले बताए ।

रिसोर्टमा उनले स्थानीय गहु“को सुख्खा रोटी, लोकल कुखुराको झोल, अचार सहित खाना खाए । खसीको मटन र नेपाली खाना मन पराए । खाना स्वाद कति मिठो भन्दै खाए । उनी सहित भारतको सिद्धार्थनगर, बढ्नी, दिल्ली, लखनउ, बलरामपुर र गोखरपुरबाट भारतीय पर्यटक भित्रिएको रिसोर्ट सञ्चालक पदम केसीले बताए । लोकेशन बहुत आच्छा हे भन्दै खुुसी भएर फर्कन्छन्, अहिले चिसो छ, गर्मीबेला चिसो ठाउ“मा बस्दा एक दिनको लागि आएका पर्यटक दुई÷तीन दिनसम्म बस्छन्, उनले भने । भारतीयले धेरै नेपाली स्वादको खाना मन पराउ“छन् । लोकल कुखुरो, बोका र खसीको मासु, साग तरकारी, दूधका परिकार खान्छन् ।

हरियाली, अग्लो डा“डोमा बस्न नरपानीमा भारतीय पर्यटकको आगमन बढ्दो छ । हिमश्रंखला, चारैतिर हरियाली सुन्दर बस्ती, मनोरम दृश्यमा बस्ने र स्थानीय खानाको स्वाद चाख्ने उनीहरुको रोजाई हो । मनोरम दृश्यले बसाई लम्बिने गरेको छ । एक दिन खर्च जोहो गरेर आएका उनीहरुले फोन गरेर घरपरिवारलाई बैंक र आइएमीमा पैसा मगाएर बस्छन् । डा“डोमा खुलेको नरपानी–सुपादेउराली रिसोर्टमा दैनिक भारतीय पर्यटक खचाखच छन् । त्यहा“ बसेर चारैतिर सुन्दर बस्ती अवलोकल गर्ने, आफन्तलाई भिडियोकलमा दृश्य देखाउने, तस्बिर खिचेर फेसबुकमा पोष्ट गर्ने र धार्मिक मठमन्दिरमा घुम्ने उनीहरुको रोजाइमा पर्छ । गाडी र पैदल हि“डछन् । बिहान उठेपछि हिमाल देखिन्छ । हरियाली डा“डाको अवलोकलन गर्छन् । अग्ला पहाड चुचुरोमा पुगेर फर्किन्छन् । उनीहरु मनोरम दृश्य हेर्दै नेपाली स्वादको खाना खा“दै रमाउ“छन् । भारतीय पर्यटक तीन थरीका आउ“छन् । धेरै, ठीक्क र कम खर्चालु हुन्छन् । धेरै खर्चालुले मनोरञ्जनमै समय बिताउ“छन् । कोही नेपाली गतिमा नाच्छन् ।

सिमा कृष्णनगरबाट पथ्थरकोटसम्म तराई नै छ । त्यहा“बाट पहाड उक्लेर दुई घण्टामै नरपानी आइपुग्छन् । धेरै भारतीय धार्मिक पर्यटकीय स्थल सुपादेउराली आउ“छन् । त्यहा“ दर्शन गरेपछि नरपानी आएर बस्छन् । नरपानीको डा“डामा डेढ वर्ष देखि करिब ३ करोड लगानीमा एउटा ठूलो रिसोर्ट खुलेपछि भारतीय पर्यटकलाई बास बस्ने गतिलो ठाउ“ बनेको छ । कम खर्चालु पर्यटक दिनभर मनोरम दृश्य हेरेर नरपानी र सुपादेउराली मन्दिर आसपासका होटलमा बस्छन् । कोही मन्दिरमा दर्शनपछि नरपानी रिसोर्टमा प्रसादग्रहण गरेर फर्कन्छन् । अघिल्लो वर्षमा भन्दा अहिले दोब्बर पर्यटक भित्रिएको केसीले बताए । अहिले अफसिजन हो । गर्मी छल्न दुई, तिन दिन बास बस्ने गरी आउ“छन् । पहाडको अग्लो चुचुरोमा खुलेको रिसोर्टबाट धेरै सुन्दर हरियाली मनोरम दृश्य देखिने र हिमाल देखिने भएकाले भारतीय पर्यटकको आर्कषण बढ्दो छ ।

परिवारसित आएकाले छोराछोरीको आग्रहमा बसाई लम्ब्याउ“छन् । पर्यटकलाई नर्तनाञ्चल पहाडका मनोरम दृश्य, मठमन्दिर देखाउन स्थानीय गाडइको व्यवस्था मिलाइने उनले बताए । यस क्षेत्रमा रिर्सोट र होटल खुल्नेक्रम बढदो छ । सुपादेउराली लाहुरे टा“सेको ठाउ“मा सुवर्णखालका शान्तबहादुर शारुले होटल सञ्चालन गरेका छन । सुपादेउराली आउने तीर्थालु पर्यटकलाई लक्षित गरेर होटल खोलेको उनले बताए । भारतबाट आउने तीर्थालुले फोन गरेरै कोठा बुकिङ गर्छन । मन्दिरमा वली चढ्छ । चढाएको प्रसाद ग्रहण होटलमा बस्छन् । कोही विहान आएर मन्दिर दर्शनपछि खाना खाएर बेलुकापख फर्कने उनले बताए । दुई वर्ष भित्रमा यस क्षेत्रमा बस वटा होटल खुले । अग्लो पहाडको बीचमा मन्दिर छ । यहा“मा बसेर पहाड हेर्दै रमाउने गर्छन ।

सुपादेउराली, खा“चीकोट दरबार, नरपानी, नर्तनाञ्चल पहाडका विभिन्न दृश्य अवलोकन र सदरमुकामसम्म भारतीय पर्यटक पुग्छन् । धेरै पर्यटक भित्रिन थालेपछि नर्तनाञ्चल पर्वतको चुचुरोमा पुग्न पदयात्रा निर्माण हु“दैछ । पर्यटकले स्थानीयलाई कृषि उत्पादनमा जा“गरिलो बनाएको छ । स्थानीय खाना खाजेपछि तरकारी खेती गर्ने, लोकल कुखुरा पाल्ने र अन्न उत्पादन गर्ने कृषक उत्साहित भएको नरपानीका स्थानीय ओमबहादुर पाण्डेले बताए । अझै पुरै लोकल खाना खुवाउन सकेका छैनौं, उनले भने ।

आएका पर्यटकको बसाई लम्बाउन पर्यटकीय संरचना निर्माण गरिनुपर्ने उनले बताए । चिसो ठाउ“को उत्पादन खानलाई मिठो र स्वादिलो हुन्छ । सबै कृषकलाई लोकल तरकारी, फलफुल, गुन्द्रक, कोदो लगायत खाद्य उत्पादन गर्न प्रोत्साहित गर्न कृषि सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष प्रतिम थापाले भने । पानी सिचाई धेरै बस्तीमा छ । साग, सिस्नो, काउली, गहु“, मकै र कोदो अब पर्यटकलाई खुवाउने गरी उत्पादनमा वृद्धि ल्याइने उनले बताए । नर्तनाञ्चल पर्वतको जंगलमा टिमुर पाइन्छ । टिमुरको संरक्षण गरिन्छ, उनले भने । -बुद्धभूमि