ताजा अपडेट »

रुपन्देहीमा बिहानैदेखि बदलीसहित सामान्य वर्षा : यस्तो छ दिनभरको मौसमी पूर्वानुमान

शनिबार, ११ भदौ २०७९

बुटवल । रुपन्देहीमा बिहानैदेखि बदलीसहित सामान्य वर्षा भएको छ । हाल देशभरको मौसममा सामान्य देखि पुर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  प्रदेश १,  लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मध्यमदेखि हल्का वर्षाको भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।