मंसिर २१
सुमन केसी/ग्लोबल आवाज
दाङ । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्ररेलले राज्यको पैसालाई सार्वजनिक ठाउँमा लगाउनु उपयुक्त हुने बताएका छन् । उनले सामाजिक सेवाको लागि जनसमुदाय मिलेरै सहयोग गरेर गर्दा सबैले अपनत्व महसुस पनि गर्ने हुँदा सकभर सामाजिक काममा सरकारले भन्दा समुदायले नै लगानी गर्नु उपयुक्त हुने बताए ।‘राज्यको सम्पत्ति पूर्वाधारमा लगाउ ।सामाजिक काममा सामाजिक पुँजी नै लगाउदा सबैको अपनत्व महसुस हुन्छ ।’ उनले भने
ब्रह्माकुमारी मधुवन आद्यात्मिक पुनर्जागरण केन्द्र घोराहीको उद्घाटन गर्र्दै मुख्य मन्त्रीले आध्यामिक जागरण केन्द्रलाई समुदायले नै उत्कृष्ट बनाउन सक्ने आशा व्यक्त गरे । उनले समाजबाटै यसलाई सफल बनाउन आग्रह गर्दै राज्यको सम्पत्ती सार्वजनकि ठाउँ मै बढी लगाउने सरकारको तयारी रहेको जानकारी समेत दिए । जनताबाट सहयोग लिएर सामाजिक काम गर्दा व्यवहारीक हुने उनको भनाई थियो ।
शिलन्यासपछि आयोना गरिएको औपचारिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले ब्रह्मकुमारी विश्वविद्यालयले आध्यामिक शिक्षालाई महत्व दिएर व्यक्तीको सत्चरित्र निर्माण, व्यक्तिलाई शान्त, सामाजिकमा भुमिकामा सक्रिय बनाउन भुमिका खेलेको भन्दै प्रंससा व्यक्त गरे । उनलेविश्वविद्यालयको संरचना निर्माणको लागि प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने आश्वासन समेत दिए । ‘तपाईहरु सबै मिल्नुभयो भने संरचना बनाउने कुरा ठुलो होइन । परिकल्पना गरे भन्दा राम्रो बनाउन सकिन्छ । राम्रो काम गर्नेलाई मुख्य मन्त्रीको तर्फबाट सक्दो सहयोग हुन्छ ।’ उनले भने
प्रतिक्रिया