बुटवल । नेपाल र केन्याबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल आज पौने ४ बजेदेखि सुरु हुँदै छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदान हुने दोस्रो खेलमा पनि केन्य विरुद्ध जित निकाल्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिने छ । हिजो बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएर पाँच खेलको शृंखलामा १–० को अग्रता लिइसकेको छ ।
भिसा समस्याका कारण पहिलो दिनको खेलमा कप्तान सन्दीपसहित ११ खेलाडी रहेको नेपाली टिममा आज भने पूरा १६ जना खेलाडी उपलब्ध हुने छन् । नेपालले आज आफ्नो प्लेइङ–११ मा १ खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालका लागि पवन सरार्फ तथा आसिफ शेखले ओपनिङ गर्ने सम्भावना छ । तेस्रो स्थानमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहँदा चौथो स्थानमा भने उपकप्तान रोहित पौडेलले मौक पाउनेछन् । पाँचौं नम्बरमा दीपेन्द्रसिंह ऐरी तथा छैठौं स्थानमा आरिफ शेखले खेल्ने पक्का जस्तै छ ।
सातौं स्थानमा आदिल आलम रहने सम्भावना रहेको छ। नेपालले आज विवेक यादवको ठाउँमा बासिर अहमदलाई खेलाउने सम्भावना छ। आठौं स्थानमा बासिरले मौका पाउँदा नवौं नम्बरमा करण केसीले खेल्नेछन् । दशौँ नम्बरमा सोमपाल कामी रहँदा एघारौं स्थानमा कप्तान सन्दीप लामिछाने रहनेछन्। यदि बासिरले प्लेइङ–११ मा मौका पाएमा उनको यो खेल लागि टी–२० अन्तर्राष्ट्रियमा डेब्यू खेलसमेत हुनेछ ।
नेपालको सम्भावित प्लेइङ–११ ः
पवन सर्राफ, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, आदिल आलम, बासिर अहमद, करण केसी र सन्दीप लामिछाने (कप्तान)।
प्रतिक्रिया