ताजा अपडेट »

व्यवसायिक वातावरण सर्वेक्षणमा सिद्धार्थनगर दोस्रो, बुटवल चौथो

शुक्रबार, १० भदौ २०७९

बुटवल । व्यवसायिक वातावरण सर्वेक्षणमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका दोस्रो र बुटवल उपमहानगरपालिका चौथो स्थानमा परेका छन् ।

व्यवसायिक वातावरण सर्वेक्षण २०२१/०२२ मा देशभरका ४२ पालिकामा गरिएको सर्वेक्षण अनुसार सिद्धार्थनगर नगरपालिका दोस्रो र बुटवल उपमहानगरपालिका चौथो स्थानमा परेको हो । २०२०/०२१ मा ११ वटा पालिकामा गरिएको सर्वेक्षणमा बुटवल उपमहानगरपालिका दोस्रो स्थानमा रहेको थियो । यस्तै सर्वेक्षण अनुसार पहिलो बिरेन्द्रनगर नगरपालिका भएको छ।

लुम्बिनी, कार्णली र सुदुरपश्चिम प्रदेशका ४२ पालिकाहरुमा आर्थिक सुशासन र व्यपारिक भावनाको लेखाजोख गर्नका लागि सो पालिकाका ५ हजार ६९० उद्यम तथा सहकारी संस्थालाई समेटिएको थियो । शुक्रबार बुटवल उपमहानगरपालिमा भएको कार्यशाला गोष्ठिमा प्रस्तुत गरिएको सर्वेक्षण अनुसार बुटवल उपमहानगरपालिकाको उच्च प्रर्दशन गरेका उप–सूचकांकहरु जलवायु स्र्माट शासन, स्थानीय आर्थिक शासन स्थानीय आर्थिक कार्यसम्पादन र पूर्वाधारमा रहेका छन् ।

मध्यम प्रर्दशन गर्ने उप–सूचकांकहरुमा व्यापार सेवाहरु, स्थिरता र कम प्रर्दशन गर्ने उप–सूचकांकहरुमा व्यापारिक गतिशिलता, व्यापारिक भावना रहेको उल्लेख गरिएको थियो । कार्यशालामा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय र यस क्षेत्रका व्यवसायीक संघ, संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।