ताजा अपडेट »

रामनगर सामुदायिक वनको १० औं साधारण सभा

शनिबार, २१ मंसिर २०७६

मंसिर २१,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको बुटवलमा रहेको रामनगर सामुुदायिक वन उपभोक्ता समूहको १० औं साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै डिभीजन बन कार्यालयका प्रमुुख ईन्द्र बहादुुर पछाईले रामनगर सामुुदायिक वनले गरेको कामको प्रशंसा गरे ।

यहाँका समुुदाय उपभोक्ताले ईमान्दारीतापूर्वक वैज्ञानिक वन व्यवस्थापन गरेको कारण रुपन्देहीको सामुुदायिक वनमध्ये प्रथम हुुन सकेको बताए । पछाईले वन जोगाँउदा पहिलो फाईदा समुुदायलाई हुुने भएकाले वन जोगाउन र फाईदा लिन दुुवै अवसर समुदायलाई भएको बताए । कार्यक्रममा बुुटवल उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष पदम थापाले नगरपालिकाले यस सामुुदायिक वनको संरक्षणमा जस्तोसुुकै सहयोग गर्ने बताउदै स्थानीय सरकारलाई ईमान्दारीतापूर्वक कर तिर्न अनुुरोध गरे ।

त्यस्तै वन उपभोक्ता महासंघ रुपन्देहीका सचिव श्यामकला आचार्य, देवदह सेक्टर वनका महमद खान, नेकपा बुुटवलका अध्यक्ष बाबुुराम पन्थी, सल्लाहकार टंककुुमार खड्का, खड्कबहादुुर महत, शंकरनगर सामुुदायिक वनका अध्यक्ष राम गिरी, कालिका मनोविज्ञानका प्राचार्य घनश्याम पाठक लगाएतले शुुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा जेहेन्दार छात्रछात्रा तथा वृद्धवृद्धालाई समेत सम्मान गरिएको थियो । साधारण सभामा भिमसेन थापाको लेखा प्रतीवेदन, लेखा तथा कोषाध्यक्षको प्रतीवेदन सर्र्वसम्मत पारित भएको थिया । भने सचिव गंगा तिवारीको राजीनामा पनि सभाबाटै पारित भएको थियो । कार्यक्रम किशन बहादुुर थापा अध्यक्षता, यमुुना काँउछाको स्वागत र भेकबहादुुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।