मंसिर २१,
ग्लोबल आवाज
भैरहवा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक कलह र अन्तरघात कै कारण पार्टी कमजोर भएको बताएका छन् । देउवाले पार्टी भित्रको कलह र अन्तरघातलाई अन्त्य नगरि पार्टी सुदृढ नहुने कुरामा जोड दिँदैे पार्टी भित्र अन्तरघात गर्नेलाई कारवाही हुनुपर्ने उनको भनाई छ ।
कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेला उद्घाटन गर्दै सभापति देउवाले पछिल्लो उपनिर्वाचनले दिएको सन्देश अनुसार पार्टी भित्रैबाट अन्तरघात नभए निर्वाचनमा काँग्रेसको सहजै जित हासिल हुने बताए । अन्तरघात पनि गरी रहने, पार्टिमा पनि बसी रहनेहरुले नै आन्तरिक कलह निम्त्याउने गरेको उनको जिकिर थियो ।
कार्यक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले बर्तमान सरकारले जनभावना अनुरुप काम गर्न नसकेको आरोप लगाए । विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु कांग्रेस ठूलो सफलता भएको उनको भनाई छ ।
प्रतिक्रिया