मंसिर २१,
ग्लोबल आवाज
बुटवल । रोटरी क्लब अफ बुटवलले प्यारालाइसिस भएर अपाङ्ग भएकी एक महिलालाई शनिवार ह्वीयल चियर प्रदान गरेको छ । बुटवल उपमहानगरपालिका–१४ निवासी तिला अर्याललाई क्लब भवनमा एक कार्यक्रमको आयोजना गरि निशुल्क ह्वीयल चियर प्रदान गरेको क्लबका सचिव रोमनाथ शर्माले जानकारी दिए ।
बुटवल उपमहानगरपालिका वडा नं. १४ को सिफारिस पत्रका आधारमा क्लबले सो सामाग्री अर्याललाई दिइएको जनाइएको छ । क्लबका अध्यक्ष डिल्ली कुमार श्रेष्ठले अर्याललाई ह्वील चियर प्रदान गरेका थिए । यसैवीच रोटरी क्लब अफ बुटवलको नियमित बैठक शनिवार सम्पन्न भएको छ । क्लबको १२८८ औं बैठकमा क्लासिफिकेशन बक्ताका रुपमा ई. छविन्द्र भट्टराईले धारणा राखे । त्यस अवसरमा उनले सामाजिक कार्य थाल्नु अगाडी पारिवारिक बातावरणलाई व्यवस्थित बनाएर लाग्नु पर्ने सुझाव दिए ।
क्लबका अध्यक्ष रो. डिल्ली कुमार श्रेष्ठको अध्यक्षता, सचिव रो. रोमनाथ शर्माको सञ्चालन तथा रो. थानेश्वर पौडेलको स्वागतमा भएको कार्यक्रममा पोखरा रोटरी क्लब लेकसाइडका पूर्व अध्यक्ष्ँ प्रेम शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रेमश पौडेल, रो. मणीरत्न पाण्डे, रो. विद्याकेशर जोशी, रो. कृष्णप्रसाद अर्याल लगाएतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया