काठमाडौँ । सत्तारूढ गठबन्धनले मुलुकका सबै निर्वाचन क्षेत्रहरुको अवस्थाको आवश्यक अध्ययन गरी विस्तृत प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन दिएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरुको बैठकले मुलुकका १६५ वटै निर्वाचन क्षेत्रको अध्ययन गरेर विस्तृत प्रतिवेदन पेस गर्न निर्देशन दिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि गठित कार्यदलको बैठक बालुवाटारमा पटकपटक बस्दै आएपनि सत्तारुढ दलहरुबीच सहमति हुन सकेको छैन ।
प्रतिक्रिया