ताजा अपडेट »

'स्वाधिनताको लडाईमा देश एकताबद्ध'

शनिबार, २१ मंसिर २०७६

मंसिर २१,

ग्लोबल आवाज

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व सांसद लिलामणी पोखरेलले कालापानीको नेपाली भूमि मिचर भारतले सार्वजनिक गरेको नक्शाले भारतसँगको सिमा समस्याको स्थायी समाधान निकाल्ने अवसर आएको बताएका छन् । भारतसँगको सिमा तथा नेपाली भूमि अतिक्रमणको विषय र राष्ट्रिय स्वाधिनताको लडाईमा सिङ्गो देश एकताबद्ध भएको बर्तमान अवस्थामा उच्च राजनीतिक तवरबाट भारतसंगका सबै समस्या समाधान गर्न सरकार लाग्न सुझाव दिए ।

निर्मल लामा स्मृति प्रतिष्ठान, नेपाल रुपन्देही शाखाले शनिवार बुटवलमा जागरण अभियान अन्तर्गत आयोजना गरेको भष्ट्राचार विरुद्ध तथा राष्ट्रिय स्वाधिनताको विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सिमा विवाद उत्ताउलो प्रकारले समाधान हुने विषय नभएको र त्यसलाई राष्ट्र बचाउने आन्दोलनका रुपमा अगाडी बढाउनु जरुरी भएको धारणा राखे । पोखरेलले कालीको मुहान लिम्पियाधुरादेखि सम्पूर्ण कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गराउन नेपाली जनतामा ऐतिहासिक एकता कायम भएको हुदा असमान संझौता खारेजी गर्ने अभियानमा लाग्न आग्रह गरे ।

पोखरेलले भ्रष्टाचारको कारण र स्रोत राज्य सत्ता र शक्ति भएको हुदा राज्य सत्तासम्म पहुच हुने व्यक्ति र संस्थाबाटै नेपालमा भष्ट्रचार मौलाएको हुंदा कारवाहीको दायरालाई सशक्त बनाउनु पर्ने बताए । उनले शक्ति र सत्ताको आडमा हुने भष्ट्राचारको अन्त्य गर्न भष्ट्राचारमुखी आचारण विरुद्ध कठोर दण्ड व्यवस्था, उत्तरदायी राज्य प्रणाली, इमान्दार एवं अनुशासित राज्य संयन्त्र र नागरिक सचेतना जरुरी रहेको धारणा राखे ।

प्रतिष्ठानका जिल्ला अध्यक्ष हकिउल्ला खानको अध्यक्ष्ँता, रमेश आर्चायको सञ्चालनमा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष्ँ दिलसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य लेखराज रेग्मी, नेकपाका जिल्ला सचिव निर्मल जिसी, राष्ट्रिय उद्योग महासंघका डम्मरदेव अर्याल, शहिद प्रतिष्ठानका अध्यक्ष्ँ रामप्रसाद बञ्जाडे, निर्मल लामा प्रतिष्ठानका सचिव कृष्ण पोखरेल लगाएतले मन्तव्य राखेका थिए ।