ताजा अपडेट »

बजारमा आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

विहीबार, ०९ भदौ २०७९

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्यमा पनि बढेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।