सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो ।मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठीबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ ।
मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ८९ वटा उजुरी परेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।
त्यसैगरी सप्तरीमा गाउँपालिका उपाध्यक्ष साहसहित १ सय १४ मिटर ब्याजीविरुद्ध उजुरी दर्ता भएको छ । सरकारले मिटर ब्याजी विरुद्ध उजुरी दिन आह्वान गरेसँगै १ सय १४ जनाले उजुरी दिएका हुन् ।
मिटर ब्याजीको गिरोहले सम्पत्ति हड्पेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटर ब्याजको धन्दा रोक्न र गिरोह विरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरी निवेदन दिन आह्वान गरेको थियो
प्रतिक्रिया