ताजा अपडेट »

रुपन्देहीमा भलिबलको छनोट : पुरुषतर्फ तिलोत्तमा, महिलातर्फ बुटवल विजयी

बुधबार, ०८ भदौ २०७९

बुटवल । पोखरामा हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रुपन्देहीमा भलबिल खेलाडीको छनोट प्रकृया सम्पन्न भएको छ । जिल्ल खेलकुद बिकास समिती आयोजना तथा जिल्ला भलीबल संघ रुपन्देहीको सहयोगमा भएको छनोट प्रतियोगितामा पुरुषतर्फ तिलोत्तमा नगरपालिका तथा महिलातर्फ बुटवल उपमहानगरले उपाधि चुमेको छ ।

छनोट प्रतियोगिता अन्तरगत बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ तिलोत्तमा नगरपालिकाले देवदह नगरपालिकालाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट देवदहले २६–२८ को अङ्कसहित आफ्नो नाममा पार्न सफल भएको थियो । दोस्रो सेटमा भने तिलोत्तमाले देवदहलाई पछि पार्दै २५–२१ को सेटमा जित दर्ता गरेको थियो । वेस्टअफ थ्रीका आधारमा खेलाइएको खेलको अन्तिम खेलमा तिलोत्तमाले देवदहलाई ११ अंकमा रोक्दै जित दर्ता गरेको थियो । यो खेलसँगै देवदहले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

यसैगरी तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा बुटबल उपमहानगरपालीकाले जित दर्ता गरेको छ । बुटवलले सुद्धोधन गाउँपालिकालाई २–१ को सोझो सेटमा विजयी हासिल गरेको हो । यसैगरी महिला तर्फ बुटवल उपमहानगरले तिलोत्तमालाई हराउँदै विजयी हुन सफल भएको अफीसियल किसन चन्दले जानकारी दिए । बुटवलले २–१ को सोझो सेटमा तिलोत्तमालाई हराएको हो । प्रतियोगितामा बुटवलसँग पराजित तिलोत्तमा दोस्रो भएको छ भने देवदह नगरपालिका तेस्रो भएको छ । देवदहले कञ्चन गाउँपालिकालाई पराजित गरेको थियो ।

प्रतियोगितामा पुरुष तथा महिला तर्फका विजेता समुहहरुले १५ हजार, उप विजेताले १० तथा तेस्रो हुने समूहले नगद ५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कार बितरण कार्यक्रममा बोल्दै तिलोतमा नगर प्रमुख रामकृष्ण खाँडले खेलकुदले खेल्ने खेलाडी मात्र नभई समाज सुधारमा समेत महत्वपूर्ण भूमिक निभाउने उल्लेख गरे । देश विदेशमा परिचित गराउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको उनले बताए । सबै क्षेत्र मिलेर खेलाडीहरुको उत्पादन र खेलका लागि भौतिक संरचना निमार्ण लाग्नुपर्ने बताए

नेपाल भलिबल संघ लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष योग गुरुङ्गले आयोजित प्रतियोगितामा सबै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको भन्दै आगामी दिनमा थप प्रगति हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे । जिल्ला भलीबल संघ रुपन्देही अध्यक्ष सुरेन्द्र शाक्यले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन आयोजित छनोट प्रतियोगिता भब्य सभ्य रुपमा सम्पन भएको दाबी गरे । मणीमुकुन्द भलीबल क्लबको विशेष सहयोगमा छनोट प्रतियोगिता सम्पन्न भएको थियो । छनोट भएका खेलाडीहरुले रुपन्देहीलाई चिन्हाउने गरी प्रदर्शन गर्न जिल्ला अध्यक्ष शाक्यले खेलाडीहरुलाई आग्रह गरे । समापन कार्यक्रममा सेरजङ्ग गुरुङ्ग, राम बहादुर थापा, तुल बहादुर थापा, लोकेन्द्र भन्डारी लगायतले विजेताहरुलाई शुभकामना व्यक्त गरेका थिए ।