मंसिर २१,
ग्लोबल आवाज
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २-१ ले पराजित गरेको हो ।
पहिलो हाफको मध्यसम्म १-० ले पछि परेको नेपालले पहिलो हाफमा १ र दोस्रो आफमा अर्को गोल गर्दै जित निकालेको हो । पहिलो हाफको १८ औं मिनेटमा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपाल २-१ ले विजयी भएको हो ।
४२ औं मिनेटमा अभिषेक रिजालले गोल गरेपछि नेपाल माल्दिभ्ससँग बराबरीमा पुगेको थियो । ५२ औं मिनेटमा अनन्त तामाङले गोल गरे । नेपालले अव बङ्गलादेशसँग भोलि खेल खेल्ने छ । यदी नेपालले बंगलादेशसँग बराबरीमात्र गरेपनि नेपाली टोली फाइनलमा पुग्नेछ ।
प्रतिक्रिया