ताजा अपडेट »

साउनमा भित्रिए २ सय ११ बिद्युतीय सवारी

मंगलबार, ०७ भदौ २०७९

काठमाडौं । साउन महिनामा २ सय ११ वटा मात्रै बिद्युतीय सवारी भित्रिएका छन्। भन्सार विभागको तथ्यांक अनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरु नेपाल भित्रिएका हुन् ।

साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चिनवाट भित्रिएका छन्।

गत आर्थिक बर्षमा १८ सय भन्दा बढी बिद्युतीय आयात भएको थियो। सरकारले बिद्युतीय सवारीको करमा छुट गरे पछि विद्युतीय सवारी खरिद गर्ने नेपालीको संख्या क्रमशः बढदै गएको छ ।