ताजा अपडेट »

रुपन्देहीमा ९ औं राष्ट्रिय खेलकुदका लागि भलिबलको छनोट प्रतियोगिता

मंगलबार, ०७ भदौ २०७९

बुटवल । पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रुपन्देहीमा भलबिल खेलाडीको छनोट प्रकृया सुरु भएको छ । जिल्ल खेलकुद बिकास समिती र जिल्ला भलीबल संघ रुपन्देहीको सहयोगमा खेलाडी छनोट सुरु भएको हो ।

जिल्लाका १६ बटा स्थानीय तह मध्ये पुरुषतर्फ ८ वटा स्थानीय तहले खेलमा भाग लिएका छन । महिला भलीबल खेलाडीतर्फ ६ स्थानीय तहले भाग लिएको जिल्ला भलीबल संघ रुपन्देहीका सदस्य किसन चन्दले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ बुटबल उपमहानगरपालिका, सैनामैना, तिलोतमा, देबदह र सिदार्थनगर नगरपाली तथा गाउँपालिकाहरु कञ्चन, सुद्धोधन मायादेवी गाउँपालिका सहभागी भएका छन् । महिलातर्फ बुटबल उपमहानगरसहित तिलोतमा नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, र देवदह नगरपालिकाले भाग लिएका छन् ।

छनोट प्रतियोगिताको अवसरमा बोल्दै खेलकुद परिषद लुम्बिनी प्रदेशका सदस्यसचिव जयप्रकाश भट्टराईले यस प्रदेशबाट उत्कृष्ट खेलाडी छनोट हुने विश्वास व्यक्त गरे । निर्देशिका अनुसार खेलाडीको छनोट हुनेहुँदा नयाँ खेलाडीहरुका लागि अवसर प्राप्त हुने उनले बताए । पछिल्लो समय भलिबलका लागि रुपन्देही उर्वर भूमिका रुपमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनले बताए ।

राज्यको सीमित साधन र स्रोतका बीच पनि विभिन्न क्लबहरुको योगदानका कारण भलिबलमा सफलता प्राप्त हुँदे गएको उनले बताए । जिल्ला खेलकुद बिकास समिती रुपन्देहीका अध्यक्ष भुपेन्द्र क्षेत्री ‘हरी’ल अभावका बीच खेलाडीहरुको छनोट प्रक्रिया भैरहेको भन्दै प्रतियोगिताबाट राम्रो प्रदर्शन गर्ने खेलाडीहरुले प्रतियोगितामा भाग लिन सक्ने बताए । नेपाल भलिबल संघ लुम्बिनी प्रदेसका वरिष्ठ उपाध्यक्ष योग गुरुङ्गले भलिबल खेल राष्ट्रिय खेल भएपनि प्रयाप्त खेल मैदान तथा राज्यबाट सेवा सुविधा प्राप्त नहुँदा सोचे अनुसार खेलले प्रगति गर्न नसकेको गुनासो गरे ।

जिल्ला भलिबल संघ रुपनदेहीका अध्यक्ष सुरेन्द्र शाक्यले खेलाडी छनोटसँगै बिजेता खेलाडीहरुलाई प्रोत्साहनका लागि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताए । खेलाडीलाई कप मेडलसहित सम्मान गरिने उनले बताए । यसैगरी दोस्रो हुने समूहका लागि नगद १० हजार तथा तेस्रो हुने समुहलाई नगद ५ हजारसहित कप मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।

पुरस्कार राशी थोरै भएपनि खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शनका लागि हौसला प्राप्त हुने उनले विश्वास व्यक्त गरे । कार्यक्रमा इश्वर गुरुङ्ग, महेस खनाल, लोकेन्द्र भन्डारी, टुक बहादुर क्षेत्री लगाएतले खेलाडीलाई सफलताको शुभकामना व्यक्त गरे । प्रतियोगितामा देबदह नगरपालिका, तिलोतमा नगरपालिका, सुद्धोधन गाउँपालीका र बुटबल उपमहानगरपालीका बीच फाईनल प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले छनोट हुँदै ९ प्रदेश हुँदै ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने छन् ।