ताजा अपडेट »

सेयर बजार सामान्य वृद्धि

मंगलबार, ०७ भदौ २०७९

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य वृद्धि भएको छ । बजार मापन गर्ने सूचक १.८१ अंकले बढेर परिसूचक २०५४.९५ बिन्दुमा रोकिएको छ ।

मंगलबारको कारोबारमा २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका १३ उपसमुह मध्ये ६ उपसमुह घटेका छन्। यस्तै ६ उपसमुह अधिकतम १ प्रतिशतसम्म बढेका छन् ।