ताजा अपडेट »

आज पनि घट्यो बजारमा सुनचाँदीको भाउ

मंगलबार, ०७ भदौ २०७९

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।