ताजा अपडेट »

रामकुमारीलाई एमाले नेता अर्यालको जवाफ : ‘विरासत तोड्छु भनेर कल्पना नगरे हुन्छ’

सोमबार, ०६ भदौ २०७९

गुल्मी । नेकपा एमाले उपत्यका विशेष कमिटी सचिवालय सदस्य राजेन्द्र अर्यालले २०५१ सालदेखि नेकपा एमालेले जिल्लाका दुई वटेै क्षेत्रमा आर्जेको विरासत तोड्छु भनेर कसैले कल्पना नगर्न आग्रह गरेका छन् । नेकपा एकिकृत समाजवादीका सचिव तथा पुर्वमन्त्री रामकुमारी झाँक्रीलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्व मन्त्री झाक्रीले गुल्मी क्षेत्र नम्बर–२ मा एमालेको विरासत तोड्ने बेला आएको भन्दै समाचार बाहिरिएपछि एमाले नेता अर्यालले जवाफ फर्काएका हुन् । ‘गुल्मीका दुई वटै निर्वाचन क्षेत्र र चार वटै प्रदेशमा जुन विरासत छ त्यो विरासत तोड्छु भनेर कसैले कल्पना नै नगरे हुन्छ ।’– नेता अर्यालले, ‘खुट्टी देखेरै पत्याईयो’ भन्ने उखान जोड्दै व्याङ्ग्य गरे । ‘कसैले भाषण गरेर, उत्तेजित गरेर, रोएर वा हाँसेर, चटके कुरा गरेर होला जस्तो लाग्दैन ।’–एमाले नेता अर्यालले भने, गुल्मेली जनता चेतनशिल नै छन् र उनिहरुले आफ्नो विवेक प्रयोग गर्छन । तोड्छु भनेको विरासत शब्दमा मात्रै हो ।’