ताजा अपडेट »

नेसपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री चौधरी एमालेमा प्रवेश

सोमबार, ०६ भदौ २०७९

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपाबाट विद्रोह गरेर नेपाल समाजवादी पार्टीको संस्थापक उपाध्यक्ष बनेका चौधरी एमाले प्रवेश गरेका हुन् ।

सोमवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा चौधरीसहित नेसपाका लुम्बिनीका नेताहरू पार्टी प्रवेश गरे । २०५६ सालमा एमालेबाट कपिलवस्तु २ को सांसद निर्वाचित भएका चौधरी मधेस आन्दोलनसँगै तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भएर चुनाव लडेका थिए । उनी यसबीचमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेका थिए ।