ताजा अपडेट »

१३ औँ साग: नेपालद्वारा बंगालदेशलाई १५६ रनको लक्ष्य

शनिबार, २१ मंसिर २०७६

मंसिर २१,

ग्लोबल आवाज

काठमाडौँ । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा पूर्वकप्तान पारस खड्काको उत्कृट बलिङगसँगै बंगालदेश १ सय ५५ रनमा समेटिएको छ ।

टस जितेर पहिलो इनिङमा फिल्डिङ रोजेको नेपालले पूर्वकप्तान पारस खड्का एक्लैले बङ्गलादेशको तीन विकेट लिए भने अविनाश बोहोराको बलमा क्याच गर्दै अर्का बङ्गाली ब्याट्सम्यानलाई पेभेलियन फर्काइदिए । चार ओभर बलिङ गरेका खड्काले तीन विकेटका लागि जम्मा १५ रन खर्चिए । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले दुई विकेट र अविनाश बोहोराले एक विकेट लिएका थिए ।

बङ्गलादेशका लागि नाज्मुल होसैनले सर्वाधिक ७५ रन जोडे भने अफिफ होसैनले ५२ रन जोडेका थिए । प्रतिष्पर्धाको दोस्रो इनिङमा नेपालले ब्याटिङ शुरु गरेको छ ।