ताजा अपडेट »

इरान प्रदर्शन : एक महिनाभित्र एक हजारको मृत्यु

शनिबार, २१ मंसिर २०७६

मंसिर २१,

काठमाडौँ । इरानी सुरक्षाफौजको आक्रमणबाट एक हजार भन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ । मध्य नोभेम्बरदेखि सुरु भएको आन्दोलनका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले बल प्रयोग गर्दा झडपमा मृत्यु भएको हो ।

इरानका लागि अमेरिकी विशेष प्रतिनिधि ब्रायन हुकले प्रदर्शन सुरु भएयता हजार भन्दा धेरैको मृत्यु भएको बताएका हुन् । साथै सात हजार घाइते भएको उनले बताए । नोभेम्बर १५ देखि इरानका एक सय भन्दा धेरै शहरमा प्रदर्शन हुँदै आएको छ ।- एजेन्सी