ताजा अपडेट »

बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट

सोमबार, ०६ भदौ २०७९

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा २ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।