मंसिर २१,
ग्लोबल आवाज
बुटवल । नेपाल मगर विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पसको ११ औँ अधिबेशन शुक्रबार सम्पन्न भएको छ । अधिबेशनले टेक राना मगरको नेतृत्वमा ५१ सदस्यीय क्याम्पस इकाई कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा विशाल गाहा मगर, सचिबमा अमृत राना मगर, सह–सचिबमा निकिता थापा मगर र कोषाध्यक्षमा प्रमिला राना मगरलाई चयन गरको छ ।
कार्यक्रममा बोल्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सचिब दिपु मगरले मगर विद्यार्थी संघ केबल मगर विद्यार्थीहरुको हक हितका लागि मात्रै नभई सम्पूर्ण विद्यार्थीहरुको हक हितका लागि लागेको बताए । त्यस्तै क्याम्पसका क्याम्पस प्रमुख तारा प्रसाद उपाध्यक्षले मगरहरुको इतिहास र विरताको प्रशंसा गर्दै मगरहरुको इतिहासलाई जोगाइ राख्न आग्रह गरे ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्यहरु गिरी वैजाली, मनिष फाल, रवि चौहान, प्रदेश ५ का अध्यक्ष प्रदिप घर्ति मगर , प्रदेश सह–सचिब दिपक दर्लामी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया