ताजा अपडेट »

राजनीतिक दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै

सोमबार, ०६ भदौ २०७९

काठमाडौं । निर्वाचन आयोगले संघीय संसद र प्रदेश संसदमामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।

निर्वाचन आचारसंहिता सबन्धी बिषयलगायतमा छलफल गर्नका लागि आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई आयोगले छलफलका लागि बोलाएको हो । छलफल बिहान ११:३० देखी सुरु हुनेछ ।

निर्वाचन आचारसंहिता, २०७८ मा केही परिमार्जन गरेको आयोगले मतपत्रलगायतका बिषयमा पनि  राजनीतिक दलहरुसँग आयोगले सुझाव माग्नेछ ।