ताजा अपडेट »

घट्यो सेयर बजार

आइतबार, ०५ भदौ २०७९

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो लागेको बजार ७.७२ अंकले घटेर २०६० को विन्दुमा पुगेको छ । 

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । होटल तथा पर्यटन, उत्पादनमुलक, निर्जीवन बीमा र बैंकिङ समुहबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको हो । 

कारोबारमा बैंकिङ समूहको उपसूचक १.०४, होटल तथा टुरिजम २९.५६, उत्पादन तथा प्रशोधन समूहको २२.७८, निजीवन बीमा समूहको उपसूचक ८.३० अंकले बढेरको छ । यस्तै विकास बैंक ३५.२०, वित्त कम्पनी १६.९०, जलविद्युत समूहको २८.७८, जीवन बीमा समूहको उपसूचक ३७.०२ अंकले घटेको छ ।

आज २ सय १८ कम्पनीका ५३ लाख ३९ हजार ४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८९ रुपैयाँ पुगेको छ ।