ताजा अपडेट »

यस्तो छ आज बजारमा सुनचाँदीको मूल्य

आइतबार, ०५ भदौ २०७९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन स्थिर रहेर आइतबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ । 

तेजाबी सुन प्रतितोला ९५ हजार  रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।