ताजा अपडेट »

एकिकृत समाजवादीको गुल्मीमा प्रशिक्षण

शनिबार, ०४ भदौ २०७९

गुल्मी । नेकपा (एकिकृत समाजवादी ) गुल्मीका अगुवा कार्यकर्ताहरुका लागि आज शनिबारदेखि पशिक्षण कार्यक्रम सुरु हुने भएको छ । सदरमुकाम तम्घासमा सोमबारसम्म ३ दिन सञ्चालन हुने प्रशिक्षणको माक्सवादी बिचार मञ्चका केन्द्रिय अध्यक्ष  युवराज पन्थीले उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका जिल्ला अध्यक्ष नरेश भण्डारीले जानकारी दिए ।

पूर्व प्रधानमन्त्री तथा समाजवादीका सम्मानित नेता झलनाथ खनाल, पूर्व मन्त्री रामकुमारी झाक्री, जिल्ला इन्चार्ज गणेश खनाल,  केन्द्रिय सदस्य तथा प्रदेश स्कुलिङ्ग विभागका प्रमुख टिकाराम रिजाल लगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।