ताजा अपडेट »

निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश

शुक्रबार, २० मंसिर २०७६

मंसिर २०,

ग्लोबल आवाज

काठमाडौं । बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढाउन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।

आदेशमा दुव पक्षलाई छलफलका लागि डाकिएको छ।