ताजा अपडेट »

फेरि घट्यो सुनचाँदीको मूल्य

शुक्रबार, ०३ भदौ २०७९

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

बिहिबार प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार पनि सुन तोलामा ३ सय रुपैयाँले घटेको थियो । 

तेजाबी सुन प्रतितोला ९५ हजार  रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।