ताजा अपडेट »

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक, पदाधिकारी टुंगो लगाउँदै

शुक्रबार, ०३ भदौ २०७९

काठमाडौं । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान साढे ८ बजेबाट सुरु भएको बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको छ ।

यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो । माओवादी बैठक बुधबार पनि बसेको थियो ।माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।