ताजा अपडेट »

नेकपाद्वारा न्यौपानेको निधनमा शोकसभा

शुक्रबार, २० मंसिर २०७६

मंसिर २०,

ग्लोबल आवाज

तिलोत्तमा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगरपालिका वडा नम्बर ६ शाखा कमिटीले पार्टीका अगुवा कार्यकर्ता कृष्ण न्यौपानेको निधनमा शोकसभा सम्पन्न गरेको छ । पार्टीका पुर्व क्षेत्रीय कमिटी सदस्य न्यौपानेको निधन भएको सातौं दिनको पुण्य तिथीमा उहाँकै निबास तिलोत्तमा ६ मणिग्राममा ६ नम्बर शाखा कमिटीले शोकसभा गरेको हो ।

शाखा कमिटीका कार्यबाहक अध्यक्ष अनिल चापागाईंको अध्यक्षतामा भएको शोकसभामा बोल्दै पार्टी नेता एवं प्रदेशसभा सदस्य दधिराम न्यौपानेले स्वर्गीय न्यौपानेले राजनीतिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । उनले न्यौपाने पार्टी संगठन निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँको निधनले पार्टीलाई क्षेति पुगेको बताएका थिए ।

कार्यक्रममा नेकपा तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईं, अनेरास्ववियु रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, नेकपा शाखा कमिटीका सचिव दीपक पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।