ताजा अपडेट »

भैरहवा निवासी खड्काद्वारा रुपन्देही-३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा

विहीबार, ०२ भदौ २०७९


भैरहवा । राष्ट्रिय ढुकुटीबाट एक पैसाको पनि सुविधा नलिने प्रतिवद्द्ता सहित भैरहवा निवासी केशव बिक्रम खड्काले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन ।

बिहिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै खड्काले उम्मेदवारी घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्ण निष्टा र इमानदारीका साथ काम गर्ने बताए । "नेपालमा गरिने फोहोरी राजनिती मलाइ आउदैन तर राष्ट्र प्रती निष्टा राखेर यसमा लागेको छु । पुर्ण निष्टा र इमानदारीका साथ काम गर्नेछु ।" खड्काले भने "मैले देशको अहित हुने काम कहिलै गर्ने छैन । राष्ट्र र निष्टा नै मेरो बल हो ।"

उनले आफ्नै निजि गाडी, इन्धन र घरमै बसेर जनताको काम गर्ने बताए । उनले आउदो निर्वाचनको लागि ५ लाख छुट्टयाएको र त्यसै भित्र निर्वाचन लड्ने बताए । दल र वाद भन्दा माथि उठेर सोच्न उनले मतदाताहरुलाइ अपिल गरेका छन । "यदि मुलुकको यस दुरावस्था बाट हाम्रो देशमा व्याप्त गरीबी भ्रष्टाचार दण्डहिनताको स्थिति बाट यहां खुसी र सन्तुष्ट हुनुहुन्छ भने मलाई केहि भन्नु छैन । " उनले भने "हैन भने अबको निर्वाचनमा हामी जनता संग भएको शक्ति प्रयोग गरेर पनि पुराना सडेगलेका देश द्रोहीहरूलाई कुचोले कसिगंर बढारेर भै बढार्नु पर्ने छ ।"

मुलुकको र हाम्रो धर्म संस्कृतिको भविष्यलाई गति दिन, राष्ट्रियताको जगेर्ना र आर्थिक विकासका निम्ति आफुलाइ चुन्न उनले अपिल गरे । केशव बिक्रम खड्कालाई निर्वाचित बन्न साथ सहयोग आध्यात्मिक नाम तथागत स्वामीको नामले परिचित भैरहवा निवासी खड्का श्री दाउन्ने फिड्सका सन्चालक हुन । बिज्ञान बिषयमा स्नातक गरेका उनी प्राकृतिक चिकित्सक एवम पशुपंक्षीहरुको पोषणविद समेत हुन