ताजा अपडेट »

१३ औं सागको छैठौं दिन: १९ वटा स्वर्णको टुङ्गो आज

शुक्रबार, २० मंसिर २०७६

मंसिर २०,

ग्लोबल आवाज

बुटवल । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज शुक्रबार १९स्वर्णको टुङ्गो लाग्ने भएको छ । काठमाडौंमा आजबाट बक्सिङ, फेन्सिङ र स्क्वास तथा जनकपुरमा कुस्ती खेलको शुरुवात हुनेछ ।

यस्तै आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइक्लिङ, फेन्सिङ, गल्फ, ह्यान्डबल, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेबल टेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल भन्ने पोखरामा हुने छन् ।

पदक तालिकामा पाँचौ दिनसम्म भारतले ६४ स्वर्णसहित अग्रता बनाएको छ । ३६ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।