काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई आज संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् ।
दुवै पार्टीका नेताहरु निर्वाचन आयोगमा गएर एउटै चिह्न लिएर आगामी चुनावमा भाग लिने जानकारी गराउन दिउँसो १ बजे आयोगको कार्यालय जान लागेका हुन् । आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि पनि आजै सकिँदैछ ।
यसअघि माओवादी केन्द्र र नेसपाबीच एउटै चुनाव चिह्न र साझा घोषणा पत्र बनाएर भाग लिने सहमति भइसकेको छ ।
प्रतिक्रिया