ताजा अपडेट »

चक्रव्युहमा फसेको राजनीति

सोमबार, ३० साउन २०७९

नेपाल मध्यकालिन समदेखि नै विभिन्न राजनीतिक उल्झन बाट गुज्रीरहयो । १९२५ को आधुनिक नेपाल निर्माण हुँदासम्म थुप्रै बैरीहरुले जरा गाडिसकेका थिए । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको दिव्य उपदेशलाई सम्लेषण गर्ने हो भने पुष्टी हुन्छ । सन् १८१६ को सुगौली शन्धि पछि हामी अर्ध पराधिन हुन पुग्यौँ । भुभाग गुम्यो, सन्धी सम्झौताले थिचे, अर्ध औपनिवेशिको चपेटामा फस्यौँ । एकातिर विश्वमा स्वतन्त्रताको आन्दोलन अर्को तर्फ बिस्तारवाद र साम्राज्यवादी को नयाँ उपनिवेश बिस्तार यस्तै चङ्गुलमा हाम्रो राजनीति पनि अछुतो रहन सकेन् ।
इतिहासका कडीहरु पर्गेल्ने हो भने सेती नदीले आफुलाई लुकाए जस्तो इतिहास ले कैयौ कुरा लुकाएको छ ।

पहिलो र दोस्रो विश्वयुद्धका कथाहरु भजाएर विरताको कथन, बहादुर नेपालीको गाथा भित्र रमण गरिरहेका हामी अझै स्वाभिमानी र राष्ट्रवादको बखानमा जयजयकार गरिरहेका छौंँ । ईष्ट ईन्डिया कम्पनीको प्रतिनिधित्व गर्ने ब्रायड शाह र नेपालको प्रतिनिधि पात्र गजराज मिश्र बिचको सुगौली सन्धीले युद्धको अन्तय त गर्यो तर नेपाली स्वाभिमान, सारभौमिकता र अखण्डता माथि थुप्रै भारि बोकाएर गयो । भर्सेलिजको असमान सन्धिले जमर्नी दोस्रो विश्वयुद्धमा धकेलिन बाध्य भए जस्तै हामी कहलिएका भनिएका गोर्खाली सुगौली शन्धि पछि ज्यु हजुरिमा बाधिन बाध्य भयौ।

१९५० को अर्को असमान सन्धि अन्तिम राणा प्रधानमन्त्रि मोहन शम्शेरले गरे हाल विद्यमान अवस्थामा समेत विवाद भैरहेको पाईन्छ । यो राजनीतिक प्रोपोगान्डाको लागी मात्र हो वा देश भक्तिको चिन्ताले हो योे चाँही रहस्य कै विषय छ । भारत भ्रमणको बेला वा भारतीयहरु नेपाल आउँदाका बखत दोलखा भिमरम्शेरलाई पसिना आएजस्तै यो कथ्य प्रकट भैरहन्छ । भारतीय पक्षले ईपिजी को प्रतिवेदन बुझ्न आनाकानी गरेको हुँदा ‘दाल मे कुच काला हे’ भन्दा फरक नपर्ला ।

एकजना विदेशी लेखक लियो इरोसले लेखेका छन् नेपाल सुरक्षित हुनु पछिका दुई कारण मध्य एक विविधतात्मक संस्कृति र अर्को जटिल भौगोलिक अवस्था । लेखकको नजरमा यी दुवै वाक्यांश अर्थहिन जस्तो लाग्छ । भूभाग गुमायौँ, सार्वभौमिकतामा दखल पुग्यो, अर्ध स्वतन्त्र र अर्ध औपनिवशिक भयौँ र पनि सुरक्षाका आश्वासनरुपी शब्दजालले भ्रमित पार्ने दुषित मानसिकता बाहेक अर्को अर्थ के हुन सक्छ र । के इरोस नेपाल विखण्डीत भएको हेर्न चाहान्थे प्रश्न त यो पनी उठ्नु स्वभाविक हो । भारतीय राजनीतिका एक जना नेता डा. शशी थरुरले भारतीय स्वतन्त्रताको आन्दोलनसमिक्षा गर्दै नामिद विश्वविद्यालय दिएको स्पिच यु टुव मा सार्वजनिक छ । उनको भनाई थियो तिमीहरुले हामीहरुलाई १०० औँ वर्ष बर्बाद गयौँ, प्राकृतिक श्रोत साधन कब्जा गरौँ, हाम्रा चेलीबेटी माथि अन्याय गयौँ , शोषण र दमन गयौँ । हामी दमित भएर आन्दोलनमा हेमियौँ सबै समाप्त भईसकेपछी लोकतन्त्र र प्रजातन्त्र दियौँ ।


नेपाली राजनीतिमा आजकल तिब्रतर रुपमा विदेशी खेल बढिरहेको छ । २०५२ पछि त चाहे एनजीओेको नाममा होस् वा आइएनजीओको नाममा होस् राज्यस्तर तहबाटै नीतिगत रुपमा वैदेशिक हस्तक्षेपमा बृद्धि भैरहेको छ । एक जमाना थियो माइकल एन्जेलो, जीसेपी, क्यापुचिन लगायत थुप्रै पादरीहरु मिसेनेरीको रुपमा बसेर धर्म प्रचारका कार्य गर्दर्थे । टोनी हेगन जस्ता भुर्गविद् नेपालको भौगोलिक अवस्था अध्ययन गर्न आउँथे । पशुपतिमा हिप्पीको बिगिबिगी हुन्थ्यो । लर्ड मकाउलेको भारत भ्रमण र १८३५ मा ब्रिटिस संसदमा दिएको भाषणले एसियामा देखिएका सांस्कृतिक अतिक्रमणकारी शिक्षाका प्रभाव, भारतिय नेता बल्लभ भाई पटेलको उद्धघोष, नेहेरु डक्ट्रिन लगायत विषयले नेपाल चक्रब्युबाट गुज्रीरहेको स्पष्ट किटान हुन्छ ।

इतिहासका जंजरीहरु तोड्दै धन्न यहाँसम्म आईपुगेका छौँ । लिपुलेक र लिम्पियाधुराका सिमा क्षेत्रमा मालदार छिमेकी परेट खेलीरहेका छन । यहाँ पुस्तकमा नक्सा हेरेर राष्ट्रवाद अतिरञ्जीत भैरहन्छ । अहिले एमसीसी, आईपिएस र विआरआई जस्ता परियोजनालाई सुरक्षा चूनौती र असंगलग्न परराष्ट्र नीति विपरीतका गतिविधी भनेर चियो चर्चा हुने गर्दछ । पंचायतले रोकेको नागरिकता विधेयक अग्रगमनकारी शक्तिले पास गरेर विजयउत्सव मनाईरहेका छन । सोल्टी होटेलमा कोरीयाली धर्मबिरहरुकोहोली वाइन कार्यक्रम सम्पन्न भएझै एकदिन नागरिकता मिशनका अग्रगमनकारीहरुको पंचामृत ग्रहण कार्यक्रम नहोला भन्न सकिन्न ।

२०५२ सालबाट सुरु भएको माओवादी आन्दोलन दिल्लीमा गएर १२ बुँदे समझदारीमा टुङ्ग्याईयो । प्रणव मुखर्जीले श्रेय लिए । शान्ति व्यवस्थापनका लागि अमिन झिकाई शान्ति प्रक्रिया अघि बढ्यो । हातहतियार व्यवस्थापन, जनयुद्धबाट आएका लडाकुको सेनामा समायोजन भयो । अमिन फिर्ता त गए तर सत्य निरुपण तथा मेलामिलाप आयोगको काम हुन सकेन । बरु सौदाबाजी को ब्रमअस्त्र स्वरुप बेलायतमा एक जना कर्नेललाई पक्राउ गरियो । आज पनि द्धन्दको नारा भजाएर अनमिनको आवरणमा हेगको अत्त्तर छरिरहन्छन । हामी कमजोर हुनु भन्दा पनि हामीलाई बोकाईएका भारिहरुले थिचिरहन्छ । कहिले सिमामा गोबिन्द गौतम जस्तै मरिरहन्छौँ त कहिले दास ढुगांमा खसीरहन्छौँ त कहिले नारायणहिटी पर्व मच्चीरहन्छ ।

नेपालको अन्तरिम संविधान र २०७२ असोज ३ गतेको संविधान निर्माणको विषयलाई लिएर एक जना भारतीय मुलका केनीयाली नागरिकको धेरै चर्चा सुन्नमा आउँछ । हुन त दोस्रो विश्व युद्ध पश्चात अमेरिकाले जापानको संविधान निर्माण गरी दिएको कुरा पनि सुनेकै हो । कमजोर माथि बलियाको बलमिचाई हुनु स्वभाविक नै हो तर हामी बलियो बन्ने कोसिस नै गरेनौँ । आन्तरिक शक्ति एक हुनपर्नेमा डिभाइड एण्ड रुल को ब्रिटिस सुत्रको अनुसशरणमा लम्पसार पयौँ । भाई फुटे गभार लुटे भनेझैँ हामीलाई विदेशि शक्तिले लडाईरहेका छन् , फुटाईरहेका छन् । यी तमाम कारण बाबजुद डरलाग्दो भुमरी भित्र फसिरहेका छौँ हामी यहीबाटै निकास खोज्नु पर्दछ । एउटा मजबुत देशभक्त मियो चाहिएको छ । जसले मूलुक र सार्वभौमिकतालाई अक्षुण, अभिभाज्य, अखण्ड र स्वतन्त्र राख्न सकोस् ।