ताजा अपडेट »

प्रधानमन्त्री ओली डिस्जार्च

विहीबार, १९ मंसिर २०७६

मंसिर १९,
ग्लोबल आवाज

काठमाडौँ । अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओली १० दिनको उपचारपछि आज डिस्जार्च गरेको छ । बिहिबार साढे तीन बजेपछि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित महमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज भएका हुन् ।

प्रधानमन्त्री ओलीलाई केही दिन आराम गर्ने सुझावसहित अस्पतालबाट डिस्चार्ज गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । अस्पतालले पनि प्रधानमन्त्री ओलीलाई केही दिन आराम गर्ने सुझावसहित डिस्चार्ज गरिएको विज्ञप्तिमार्फत् जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

मृगौलाको समस्याबाट पीडित ओलीलाई एक्कासी पेट दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना भएलगत्तै प्रधानमन्त्री ओलीलाई एपन्डिसाइटिस भएको पत्ता लागेपछि तत्काल शल्यक्रिया गरिएको थियो।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे अस्पतालले जारी गरेको विज्ञप्ति: