मंसिर १९,
सुमन के.सी / ग्लोबल आवाज
दाङ । दाङ जिल्लाको देउखुरी लमहीबाट दक्षिणमा पर्ने गढवा गाँउपालिका वडा नं. ३ मा अवस्थित एउटा गाउँको नाम हो गोबरडिहा । चारैतिर प्राकृतिक मनोरम दृश्य छेउमा राप्ती नदी, नदिको नजिकै एउटा गाँउमा दरबार छ । छिमेकी लगायत सम्पूर्ण जिल्लाबासीले यो दरबारलाई ५५ झ्याले दरबार भनेर चिन्ने गर्दछन् । दरबार निर्माण गर्न एक दशकअघि भारतबाट सिकर्मी लिएर बनाइएको हो ।
भारतको गोरखपुरदेखि कोइलावास नाकाको तुलसीपुर नजिकै बालारामपुरबाट समेत कालिगढ आएर बनाएको कथा सुन्न पाइन्छ । काठ, इँटा र प्लास्टर गर्ने सामग्री यहीका प्रयोग भए तर कालिगढ भने भारतका प्रयोग गर्नुपरेको थियो । पछिल्लो समयमा दाङको देउखुरीमा रहेको यो मनमोहक दरबार संरक्षण गर्न नसक्दा ओझेलमा परेको छ । अहिलेको अवस्थामा स्थानीय निकायले यो दरबारलाई संरक्षण गर्ने चासो देखाएमा यसलाई संग्राहलय बनाउन सकिने तर वडा तथा गाँउपालिकाले यसको विषयमा केहि गर्न नसकेको वडा नं. ५ का वडा अध्यक्ष आशाराम चौधरीले बताए । दरबार निर्माणको सुरुआत वि.सं. १९१८ मा भएको थियो । भनिन्छ, सो भवन तयार हुन ९ वर्ष लाग्यो । राजपरिषद् स्थायी समितिका सभापति पर्शुनारायण चौधरीका बुबा जोखनप्रसाद चौधरीले यो भवन बनाएका हुन ।
दरबार वातावरण मैत्री छ । दरबारको बीच भाग खुला छाडिएको छ । अरु कोठा काष्ठ कलाकौशलले सिंगारिएका छन् । ‘भवनको संरक्षण भएको छैन भवनको स्वरुप राजा महाराजा बस्ने दरबारको जस्तै छ । संरचनामा कुमारी घरको समेत झल्को देखिन्छ । अनि हनुमान ढोका दरबारमा भए जस्तै काष्ठकला देखिन्छ त्यो दरबारमा देउखुरीको यो ऐतिहाँसिक धरोहरलाई बाहिर चिनाउन कतैबाट पहल भएको छैन पारिवारिक सदस्यले त्यसलाई पुरातात्विक इतिहाँस सँगै ऐतिहाँसिक धरोहरको रुपमा स्थापित गर्न चाहन्छन तर राज्यले त्यसलाई सहज रुपमा स्वीकार नगरेको परिवारका एक सदस्य मनोज चौधरीको भनाइ छ ।
नेपाल सरकार, पुरातत्व विभागले एकसय वर्ष पुराना ऐतिहासिक धरोहरलाई राज्यका तर्फबाट संरक्षण प्रदान गर्दै आएको छ । पुरातत्व विभागले एक पटक निरीक्षण गर्नु बाहेक अन्य निकायले केही गरेको छैन । दुई वर्षअघि पुरातत्व विभागका कर्मचारी आएर यो भवनलाई पुरातात्विक संरचनामै राखेर मर्मत तथा सम्भार गर्ने आश्वासन दिएर गएको भएपनि अहिलेसम्म कुनैपनि आस्वासन ब्यवहार लागु भएको छैन । त्यो बेला पचपन्न झ्याल र भवनको चौखण्डमा सिंहको आकृति बनाएको भन्दै तत्कालीन राणाहरुले भवन बनाउने जोखनप्रसाद माथि सार्वजनिक मुद्दासमेत चलाएको हुँदा प्रदेशले दिएको बजेट पनि त्यो भवन संरक्षणमा लगानी गर्न नदिएको दरबार निर्माण कर्ता जोखन प्रसाद चौधरीका नाति कैलाश चन्द्र चौधरीले बताए । दरबारमा भएका कोठाको भित्री भागसमेत संरक्षण हुन सकेको छैन ।
दरबारका कोठाहरुमा झार पलाउन थालेका छन धमिरोले काठ खान थालेको छ । दाङको देउखुरीमा पचपन्न झ्याले सिंहदरबार बनाएसँगै जोखनका छोरा पर्शुनारायण चौधरीले पनि आफ्नो बस्तीमा कम्ती राम्रो संरचना बनाएनन् । ‘यो राज्य संरचनालाई चुनौती थियो, दाङमा राज खानदानको जस्तै संरचनाको दरबार बनाएका थिए । अहिले परिवारकै सदस्यले यो ऐतिहाँसिक धरोहरलाई जोगाइराखेका छन । त्यो परिवेशमा बनाइएको यो दरबार अहिले संरक्षणको पर्खाइ छ । भवनमा प्रयोग गरिएका काष्ठकला अझै बिग्रेका छैनन । बाल्यकालमा यो दरबारको स्मरण गर्दै संविधान सभाका सांसद योगेन्द्र चौधरीले यो दरबारलाई संरक्षण गनुको साटो द्वन्द्वकालमा यसलाई भत्काउन पनि लागि परेको दुखेसो पोखे ।
यस ठाँउमा केहि घटना घटे अथवा कुनै केश प¥यो भने कैदिहरु थुन्नको लागि प्रयोग गरिने कठघरा पनि बनाइएको बताउँदै यसको संरक्षणमा स्थानीय निकाय पनि नलागेको हुँदा आफु दुखी भएको जोखन चौधरीका नाति केशव नारायण चौधरीले बताए ।
प्रतिक्रिया