मंसिर १९,
ग्लोबल आवाज
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको केराबारी र चौबिस माइलको बीचमा दुर्घटनाग्रस्त भएको अवस्थामा जिप फेला परेको छ । बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सडकबाट खोलामा खसेको अबस्थामा फेला परेको प्रहरीले बताएको छ घट्नास्थलमा दुईजनाको शव भेटिएको छ ।
मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए । दुवै शव पुरुषको रहेको छ । उनका अनुसार बुधबार राति जीप दुर्घटना भएको हुन सक्ने बताएका छन् । भीरमा शव अड्किएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीषक सापकोटाले बताए । अहिले शव निकालेर जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टमको लागि लैजाने तयारी भइरहेको उनले बताए । जिपमा अरू पनि सवार भए नभएको बारे खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया