ताजा अपडेट »

वाइसियल राष्ट्रिय सम्मेलनका लागि गुल्मीबाट प्रतिनिधि चयन

शनिबार, २८ साउन २०७९

गुल्मी । आगमी भदौ ३ र ४ गते काठमाण्डौंमा हुन गइरहेको वाईसियल नेपालको राष्ट्रिय सम्मेलनका लागि गुल्मीबाट प्रतिनिधी छनौट गरिएको छ।

शनिबार नेकपा माओवादी केन्द्र गुल्मी तम्घासको पार्टी कार्यालयमा बसेको वाईसियल नेपाल जिल्ला कमिटीको बैठकले वाइसियल गुल्मीको तर्फबाट पाँच सदस्यीय प्रतिनिधी मण्डल छनौट गरेको हो ।

पाँच सदस्यीय प्रतिनिधि मण्डलमा वाइसियल नेपालका केन्द्रिय सदस्य नारायण चन्द्र , अध्यक्ष अशोक श्रेष्ठ , नवनिर्वाचित सचिव अर्जु भण्डारी, सदस्यहरु रञ्जु सुनार र रवि कँडेल राष्ट्रिय सम्मेनमा जाने भएका हुन् ।

आजकै बैठकले गुल्मी जिल्ला कमिटीको सचिवमा धुर्कोटका अर्जुन भण्डारी चयन गरेको हो । यस अघि प्रदेश कमिटीको बैठकले वाईसियल नेपाल ग्ुल्मी जिल्लाको अध्यक्षमा रिडीका अशोक श्रेष्ठलाई चयन गरेको थियो । अध्यक्ष श्रेष्ठका अनुसार हाललाई अध्यक्ष र सचिव रहने गरि ५१ सदस्यीय जिल्ला कमिटि गठन गरिएको हो । जिल्ला कमिटी बैठकलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष बुद्धि जिसीले सम्बोधन थिए ।

उनले वाइसियल नेपाल आगमी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचन केन्द्रित हुनु पर्ने भन्दै त्यसको तयारीमा जुट्न निर्देशन दिएका थिए । कार्यक्रमा अर्का नेता अशोक थापा (मुक्ति) ले पनि वाईसिलय कार्यकर्ताहरुलाई प्रशिक्षण मुलक मन्तब्य दिएका थिए ।