ताजा अपडेट »

थारु गीतमा निरन्तर ‘सावन’

मंगलबार, २२ माघ २०७५


जीवन परियार
बुटवल । थारु भाषाको गीतसंगीत क्षेत्रको लोकप्रियता बिस्तारै बढ्दै गएको छ । पछिल्लो समय युवापुस्ता माझ नेपाली भाषाका गीतसंगीतको लोकप्रियता बढेसंगै थारु गीतहरुले पनि यू टुुबमा राम्रो भ्यूूज प्राप्त गर्ने गरेका छन् । थारु गीतको लोकप्रियता बढेसँगै गायकहरु पनि बढेका छन् । गायकहरु बढेसँगै गीतकारहरुलाई पनि राम्रो अवसर प्राप्त हुने गरेको छ । र, गीतकारहरु पनि धेरै सक्रिय रहने गरेका छन् ।

यस्तै सक्रिय गीतकारहरु मध्ये एक हुन्। सावन मर्चाह । विगत ८ वर्षदेखि सांगितिक क्षेत्रमा रहँदै आएका मर्चाहले थारु,नेपाली,भोजपुरी,हिन्दी गरि करिब ३ दर्जनभन्दा बढी गीतहरु सार्वजनिक गरेका छन् । केही समययता बजारमा उनका थारु गीतहरुको माग बढेको उनी बताउँछन् । उनी भन्छन् ‘थारु कलाकारहरु मलाई थारु गीतहरुको किङ्ग अगुवा भन्छन् । मैले यस क्षेत्रमा बेग्लै योगदान दिएको लाग्छ ।’

सुुरुमा संगीतलाई सर्जकलाई केहीले स्थान तथा महत्व नदिएको गुनासो गर्दै उनले भने ‘सुुरुवातमा मेरा केही उत्कृष्ट गीतहरुलाई केही साथीहरुले स्थान नदिएकोले २०६७ सालमा थारु कथानक चलचित्र,“तोहारिक हम भुला नासक्ली“ मा निर्माता भै आफ्नो रचना र संगीतमा रहेको ५ वटा गीतहरु राखी चलचित्र निर्माण गरे ।’


चलचित्रमा रहेको ‘तोहारिक हम भुला नसक्ली,साजन तोहर तिर्छी नजरिया,दिल मे ऐसन चोट लागल… जस्ता गीत हिट भएपछी थारु सांगीतिक क्षेत्रमा उनको बेग्लै पहिचान बनेको हो । केही नवआगन्तु गीतकार तथा संगीतकारहरुले आफ्नो शैलीलाई अप्नाएको बताउँदै उनी भन्छन् ,मेरो गीत लेखन शैलीलाई फलो गरेकोमा खुसी लाग्छ । सांगीतिक क्षेत्रमा अझै उत्कृष्ट सिर्जनाहरु पस्कदै यस क्षेत्रलाई थप स्थापित हुन म कहिलै पछि पर्दिन ।’

“तोहारिक हम भुला नासक्ली,दिलमे ऐसन चोट लागल,साजन तोहर तिर्छी नजरिया,लभ होगैल,हिरो आगैल,जवानिया कह्वा लुटाई,तेरे इश्क मे(हिन्दी),यो मन पनि(नेपाली)जस्ता गीतहरु मर्चाहाका चर्चित गीतहरु रहेका छन् । त्यसैगरी मस्ती,आज्के दिन आज्के रात,लब होगैल–२,तोहर दिल हमार धड्कन,जिन्दगिके एहसास तु, जस्ता गीतहरु लगतै बजारमा सार्बजनिक हुने तयारीमा रहेको उनले बताए ।