ताजा अपडेट »

साग पुरुष क्रिकेटः भुटानविरुद्ध नेपालको शानदार जित

विहीबार, १९ मंसिर २०७६

मंसिर १९,

ग्लोबल आवाज

बुटवल । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुटान विरुद्धको टि–२० क्रिकेट खेलमा नेपाल १ सय ४१ रनको फराकिलो अन्तरले विजयी भएको छ । बिहीबार भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो ।

टि-२० क्रिकेटमा नेपाली टोलीले विपक्षीविरुद्ध बनाएको यो अहिलेसम्मकै सबै भन्दा ठूलो रन स्कोर हो । नेपालको जितका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बल्लको सामना गर्दै ५ चौका र ९ छक्काको मद्दतमा १ सय ७ रन बनाएका थिए । पारस खड्काले २८ बलमा ५७ रन जोडेका थिए । खड्काले ९ चौका र एक छक्का प्रहार गरेका थिए। रोहितकुमार पौडेल ६ रन जोडेर आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले अविजित क्रमशः४५ र ४ रनको योगदान दिएका थिए ।

२ सय ३७ रनको लक्ष्य पछ्याएको भुटान निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९५ मात्र जोड्न सफल भयो । भुटानको लागि रनजङ्ग दोर्जीले २७ रन,सोनाम तोब्गेले १५ रन, थोब्देन सिंगेले ११ रन बनाएका थिए भन्ने अन्य व्याटसम्यानले दोहोरो अंक बनाउन सकेका थिएन् । नेपालका पारस खड्काले ४ विकेट, करन केसीले १ विकेट, ललित राजवंशीले १ विकेट, पवन सर्राफले १ विकेट लिएका थिए ।