ताजा अपडेट »

निर्माण रोक्न आफ्नै कार्यकर्ताले तोडफोड गरेको दर्बाह पार्कको गृहमन्त्री खाँणद्वारा उद्घाटन

शनिबार, २८ साउन २०७९

बुटवल । गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले रुपन्देहीको सुद्धोधनमा निर्माण सम्पन्न उद्यानको शनिबार उद्घाटन गरेका छन् । खाँणले उद्घाटन गरेको त्यही उद्यान हो जसको निर्माण रोक्न नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ता तोडफोडमा उत्रिएका थिए ।

शुद्धोधन गाउँपालिका–५ मानपकडीमा निर्माण सम्पन्न दर्बाह पार्कको विषयले गाउँपालिकामा तालाबन्दी लगाउने सम्मका घटना भएका थिए । हाल पार्क बनेको स्थानमा शवदाह घाट बनाउनुपर्ने माग राख्दै स्थानीय काँग्रेस नेता तथा कार्यकर्ताले तोडफोड गर्नुका साथै गाउँपालिकामा तालाबन्दी गरेका थिए । दर्बाहा बगैँचा तथा सिमसार क्षेत्रको संरक्षणको लागि गरिएको तारबार र पर्खाल भत्काउनेहरु विरुद्ध गाउँपालिकाले प्रहरी प्रशासन गुहार्नु परेको थियो । लुम्बिनी प्रदेश सांसद तुलसिप्रसाद चौधरि, तत्कालिन गाउँपालिका अध्यक्ष किसुन चौधरी तथा गाउँ कार्यपालिको ठूलो प्रयास र संघर्षपछि पार्क निर्माण भएको थियो ।

दर्बाह मन्दिर र सोको वरिपरिको खालि जमिन समेटेर दर्वाह उद्यान बनाइएको छ । उक्त उद्यानको लागि पालिकाले गुरुयोजना नै बनाएर स्थानीयको सहमतिमा काम गरेको थियो । शुद्धोधन गाउँपालिकाको पहिलो गाउँसभाले ४० लाख बिनियोजन गरेर उक्त स्थलमा उद्यान बनाउन शुरु गरेको थियो । त्यसपछि २०७४/०७५ मा शुरु भएको गुरुयोजना ०७५/०७६ मा पनि ४० लाख बजेट बिनियोजन भई नदि तटबन्ध गरिएको थियो । आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकार पर्यटन मन्त्रालयको ३० लाख, गाउँपालिकाको ५० लाख र प्रदेश सरकारको समनिकरण बजेटबाट ५० लाख सहित १ करोड ३० लाखको लागतमा पार्क निर्माण गरिएको थियो ।

पार्क निर्माण रोक्नका लागि स्थानीय बिरेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण चौधरीसहित नेपाली काँग्रेस सुद्धोधन गाउँपालिका सभापति शेर बहादुर काफ्ले तथा स्थानीय विपिन कुर्मी लगायतले नेतृत्व गरेका थिए । तत्कालिन समयमा काँग्रेस सुद्धोधन गाउँपालीका मसानघाट मासेर पार्क बनाउने योजनाको विपक्षमा उभिएको थियो ।

निर्माण सम्वन्न पार्कको ब्यवस्थापनको जिम्मा हाल स्थानीय दर्वाह टोल बिकास संस्थालाई दिइएको छ । संस्थाले ५ बर्ष सम्मका बालबालिकालाई प्रवेश शुल्क निःशुल्क गरेको छ भने अन्यको हकमा २० रुपैया तोकेको छ । पार्क अवलोकनैकै लागी अहिले दैनिक १ सय जनाको हाराहारीमा आउने गरेको दर्वाह टोल बिकास संस्थाका सचिव जिवलाल पौडेलले बताए । शनिबार अवलोकनकर्ताहरु बढ्ने गरेका छन्, त्यो दिन ५ सय सम्म अवलोकनकर्ता पुग्ने गरेको पौडेलको भनाई छ । पार्कको गुरुयोजना नै बनाएर अगाडी बढेको पौडेलको भनाई छ ।

विवादका बीच नेपाली काँग्रेसले निकालेको विज्ञप्ति
विवादका बीच काँग्रेसले निकालेको विज्ञप्ति
गाउँपालिका र नेपाली काँग्रेस बीचको सहमती
https://www.globalaawaj.com/archives/47842
https://www.globalaawaj.com/archives/172520