मंसिर १९,
काठमाण्डौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पाँचौं दिन आज १७ खेलमा १९ स्वर्णको छिनोफानो हुँदैछ। प्रतियोगिताअन्तर्गत आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कब्बडी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, बिच भलिबल, भारोत्तोलन र उसुमा प्रतिस्पर्धा हुनेछ।
यीमध्ये ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ। अन्य खेल काठमाडौंमा हुनेछ। प्रतियोगितामा भारतले ३७ स्वर्णसहित अग्रता बनाएको छ। २९ स्वर्णसहित नेपालले दोस्रो स्थानमा छ।
प्रतिक्रिया