काठमाण्डौं । मुलुकका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै भोलि शनिबार गण्डकी प्रदेशको थोरै स्थान र प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै आइतबार प्रदेश १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
प्रतिक्रिया